Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
विज्ञापन
Advertisement

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राखे ।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले समुन्नत र आत्मनिर्भर प्रदेशको लक्ष्यलाई आत्मसात् गरेको बताए । ‘यो नीति तथा कार्यक्रमले प्रदेश सरकारलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुग्नेछ, नीतिगत र संरचनागत सुधारका महत्वपूर्ण विषयलाई यसले समेटेको छ’, उनले भने ।प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले प्रदेशको समग्र विकासको अवधारणालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताए ।

उनले करको दायरा फराकिलो पार्दै राजस्व सङ्कलनलाई वृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरे । प्रदेशसभा सदस्य सुशीला सिम्खडाले नीति तथा कार्यक्रममा ठोस र मूर्त विषय आउन नसकेको धारणा राखे । ‘महिलालगायत सीमान्तकृत वर्ग र समुदायको उत्थानका लागि स्पष्ट कार्यक्रम छैन’, उनले भने,‘घोषणा गरिएका कार्यक्रम कार्यान्वयन हुने ठोस आधार पनि देखिँदैन, स्वास्थ्यलगायतका क्षेत्रमा मानव संसाधनको विषयलाई नीति तथा कार्यक्रमले समेट्न सकेको छैन ।’

प्रदेशसभा सदस्य महेश भट्टराईले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम आएको बताए । आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेशको आधार तयार हुँदै गएको उल्लेख गरे । प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले लगानीका क्षेत्र स्पष्ट किटान गर्नुपर्ने बताए । महत्वकाङ्क्षी नभई कार्यान्वयनयोग्य कार्यक्रम मात्र बजेटमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले मन्त्रालयहरूले बजेट विनियोजनमा कुशलता देखाउनुपर्ने बताए । ‘नीति तथा कार्यक्रममा आएका विषयलाई बजेटले कसरी सम्बोधन गर्छ त्यो महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यसमा आएका सोच र दृष्टिकोणलाई कार्यान्वयन गर्न स्रोतको सुनिश्चितता हुनु जरूरी छ ।’

आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेललगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit