Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल आउने पर्यटकको संख्यामा नयाँ कीर्तिमान, एक महिनामा भित्रिए झन्डै दुई लाख विदेशी

नेपाल आउने पर्यटकको संख्यामा नयाँ कीर्तिमान, एक महिनामा भित्रिए झन्डै दुई लाख विदेशी
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । सन् २०२५ को मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै नेपालमा १ लाख ९४ हजार ७५१ जना विदेशी पर्यटक भित्रिएका छन् । यो एक महिनामा नेपाल आउने पर्यटकको हालसम्मकै उच्च संख्या भएको तथ्यांकले देखाएको छ ।

यस अघि सन् २०२५ कै अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए । अप्रिलपछि मे महिनामा नेपाल आउने पर्यटक ७८ हजार भन्दा धेरै बढेका छन् । पछिल्लो तथ्यांकका अनुसार नेपालको पर्यटनमा मे महिनाको तथ्यांकले विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । यसले पर्यटन क्षेत्रमा उत्साह थपेको छ ।

मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । मे महिनामै नेपालबाट २ लाख ५० हजार ७३६ जना विभिन्न देशमा गएका छन् ।

विभागका अनुसार सन् २०२५ मा नेपाल आएका पर्यटक मध्य मार्च महिनामा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनावरीमा ७९ हजार ९९१ जना रहेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit