images images images
images images images
images
images
images

 स्कटल्यान्डकाे बिशाल लक्ष्यमा २ रनले हार्न पुग्यो नेपाल

images
 काठमाडाैं । नेपाललाई स्कटल्यान्डले दिएको   तीन सय २४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दुई रनले हार बेर्होन पुगेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको थियो । तर, छिटो छिटो विकेटको क्षति बेहोरेको नेपालले सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले खेललाई लयमा ल्याएका थिए । १०१ रनको साझेदारी गर्दै खेलमा  फर्किएको नेपाल अन्तिम दुई रनको बलमा हार्न पुगेको थियो ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले  बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।
चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्