Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विपदबारे पूर्वसूचनासम्बन्धी सूचना दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने

विपदबारे पूर्वसूचनासम्बन्धी सूचना दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने
विज्ञापन
Advertisement
काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचनासम्बन्धी सूचना टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ ब्याकटोन (सिआरबी टी)  बजाउन अनुमति दिने भएको छ ।
राष्ट्रिय दिवसहरु (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगाय) वा नेपाल सरकार मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रियस्तरमा मनाउने भनी निर्णय भएका विषयसम्बन्धी सामग्री वा विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचना वा जानकारीमूलक सामग्रीसहित सन्देशहरु सम्बन्धित निकायबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध भई आएमा निःशुल्क मोबाइल रिङ ब्याकटोन (सिआरबि टी) बजाउन अनुमति दिन सक्ने  सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
“कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष दिवस वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, धुन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई सःशुल्क ९सिआरबी टी० बजाउन अनुमति दिन सक्ने र सिआरबि टीको शुल्क निर्धारण नेपाल दूरसञ्चार प्राधिकरणबाट हुने छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
मन्त्रालयले  सन्देश वा धुन वा कुनै धर्म, जातजाति, भौगोलिक क्षेत्र वा समुदायको चाडपर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश वा शुभकामना वा सो सम्बन्धी धुन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई सःशुल्क सिआरबी टी बजाउन अनुमति दिन सक्ने र सिआरबी टीको शुल्क निर्धारण नेपाल दूरसञ्चार प्राधिकरणबाट हुने भएको छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit