Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

धानको उचित मूल्य नपाउँदा किसान निराश

धानको उचित मूल्य नपाउँदा किसान निराश
विज्ञापन
Advertisement

त्रिवेणी (नवलपरासी) ।चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे । तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न छन्। गतवर्ष रु। तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेच्नुभएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए।

गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit