Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट अभावमा विद्यालय भवन अधुरो, विद्यार्थी टिनको छानामुनि बस्न बाध्य

बजेट अभावमा विद्यालय भवन अधुरो, विद्यार्थी टिनको छानामुनि बस्न बाध्य
विज्ञापन
Advertisement

राँझा (बाँके) । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा बजेट अभाव हुँदा अधुरो छाडिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अभावका अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए।

“कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन”, अध्यक्ष रेग्मीले भने, “भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।” कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।

तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit