Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न
विज्ञापन
Advertisement

काठमाडौं । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा मेलम्ची खानेपानीको पाइप फुटेको बताए । “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit