Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्रामिण उत्पादनलाई बजारीकरणमा जोड, पौचो पसलसँग जोडिए एक लाख कृषक

ग्रामिण उत्पादनलाई बजारीकरणमा जोड, पौचो पसलसँग जोडिए एक लाख कृषक
विज्ञापन
Advertisement

काठमाडौं । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ। ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली मौलिक स्वादलाई शहरसम्म पु¥याएर बिक्री वितरण गरिरहेको छ। पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भईरहेको नेपाली समाजलाई रोक्नका लागि सम्भावनाले भरिपूर्ण कृषि क्षेत्रमा काम गर्नुपर्ने बताए ।

उनले भने ‘नेपालमा कृषि क्षेत्रमा सम्भावना छ। नेपाली उत्पादन अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पैचोका उत्पादनले देखाएको छ। नेपाली वस्तुको प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढ्छ। देशमा उत्पादनको खपत बढ्नु राष्ट्रकै लागि ठुलो अवसर हो।’ नेपाली उत्पादनको बजार स्वदेश सँगै विदेशमा समेत रहेको भन्दै न्यौपानेले बजारको हिस्सा बढाउन सक्ने गरी उत्पादनमा वृद्धि गरिनुपर्नेमा जोड दिए ।

‘नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभएर विदेशमा समेत माग उच्च छ । नेपाली उत्पादनले विदेशी उत्पादनलाई रोक्ने काम गरेको भन्दै नेपाली उत्पादनको बजार हिस्सा बढ्नु अवसर हो’ न्यौपानेले भने । पैचो पसलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव न्यौपानेले पैचोसँग १ लाख भन्दा बढी किसान जोडिएर काम गरिरहेको बताए। उनले भने ‘नेपाली किसानलाई व्यवसायिक खेति गर्न पैचोले प्रोत्साहन गरिरहेको छ। किसानको खेतिबारीदेखि बजारसम्म आएको ग्रामिण उत्पादन बजारको रोजाईमा पर्नुले नेपाली कृषिउपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्छ।’

उनले बजारको रोजाईमा पैचोको उत्पादन बढ्दा सेल्स प्रतिनिधीले विदेशमा भन्दा नेपालमै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको धारणा राखे । कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैचोको उत्पादनले निरन्तर बजार बिस्तार गर्न सफल भएको उल्लेख गर्र्दै कर्मचारीले नेतृत्व र दायित्वमा ध्यान दिने हो भने नेपाली ब्राण्ड स्थापित हुन धेरै समय नलाग्ने उदाहरण पैचोले देखाएको बताए।

उनले पैचोका उत्पादन स्वदेश तथा विदेशी बजारको हिस्सा बढाउन सहयोग गर्ने देशभरका कर्मचारीलाई धन्यवाद दिए। नेशलन सेल्स समिटमा आगामी आर्थिक वर्ष पैचोसाग जोडिएका किसानहरुको कृषिजन्य उत्पादन बढ्ने हुनाले पैचोको उत्पादन बजारमा राम्रो उपस्थिती रहने भन्दै व्यापार बिस्तार गर्ने रणनीतिमा लाग्नु पर्नेमा जोड दिए। समिटमा चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको रणनीतिको बिषयमा देशभरमा बजार प्रतिनिधिले छलफल गरेका थिए।

पैचो नेशलन सेल्स समिटमा पैचो टिमले अहिलेसम्म गरेको काम उत्साहजनक भएको भन्दै आफ्नो भूमिका र उत्तरदायित्वलाई अझै दत्त चित्त भएर काम गर्ने हो पैचोका उत्पादन ग्राहकको पहिलो रोजाईमा पर्ने निष्कर्ष निकालेको छ। पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट केचप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउदै आएको छ।

कार्यक्रममा पैचोका नेशनल सेल्स हेड, उत्पादन विभाग प्रमुख, कलसेन्टर, ब्राण्डिण बिभाग, सेल्स सुपरभाजर, डिलर सर्पोटर लगायत सयभन्दा बढीको सहभागिता थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit