Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

१० करोड ९४ लाख लागतमा धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

१० करोड ९४ लाख लागतमा धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न
विज्ञापन
Advertisement

नैनपुर (सिरहा) । धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको पाँच वर्षपछि १० करोड ९४ लाख रुपैयाँ लागतमा सो आयोजना सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गरे। आयोजनाबाट एक हजार ५०० घरधुरी लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ ।

उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताए । मन्त्री यादवले भने, “हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो ।”

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उनको भनाइ छ । खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रविन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।

त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गरे । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit