Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

साढे ५८ लाख लागतमा किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

साढे ५८ लाख लागतमा किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान
विज्ञापन
Advertisement

बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

निरौलाका अनुसार ५८ लाख ५३ हजार रुपैयाँ लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।“यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उनले भने, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”

नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।

प्रोत्साहन रकम

नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१÷८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिए ।

तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक÷संस्थालाई प्रतिकठ्ठा पाँच सयका दरले २० लाख उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए । त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ कृषक÷संस्थालाई १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक÷संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको सात सयका दर र ५९ वटा कृषक÷संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको पाँच सयको दरले गरी पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

यस्तै, नगर प्रमुख तरकारीखेती प्रबद्र्धन कार्यक्रम नजा अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए ।

बगर खेती कार्यक्रममार्फत १२ कृषकलाई पाँच लाख उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit