Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

२४२ जना यात्रु बोकेर उडेको एयर इन्डियाको विमान दुई मिनेटमै खस्यो

२४२ जना यात्रु बोकेर उडेको एयर इन्डियाको विमान दुई मिनेटमै खस्यो
विज्ञापन
Advertisement

एजेन्सि । भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको छ। २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै खसेको थियो।

विज्ञापन
Advertisement
Advertisement

एयर इन्डियाको फ्लाइट नम्बर एआई–१७१ ले स्थानीय समयअनुसार दिउँसो १ : ३८ बजे उडान भरेको दुई मिनेटपछि १ः४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। प्रारम्भिक रिपोर्टका अनुसार टेकअफका क्रममा विमानस्थलको पर्खालमा ठोक्किएर विमानमाआगो लागेको थियो।

उक्त दुर्घटनाको विस्तृत विवरण आएको छैन । विमानमा चालक दलका १२ जना सदस्य सहित कूल २ सय ३० यात्रु सवार थिए । विमानमा १६९ भारतीय नागरिक रहेका छन् भने ५३ बेलायती, १ क्यानडा र ७ जना पोर्चुगलका नागरिक रहेको एअर इण्डियाले जनाएको छ।

घटनालगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल सुरतबाट अहमदाबादका लागि प्रस्थान गरिसकेका छन्। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र आपत्कालीन सेवाका टोलीहरू विमानस्थलतर्फ पठाइएको बताइएको छ।

तस्बिर : हिन्दुस्तान टाइम्स

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit