काठमाडौं । किशोरकिशोरीका प्रतिभा र सामाजिक योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ का लागि आवेदन खुला गरिएको छ। ग्लोकल प्रा।लि।को आयोजनामा र गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमको यो ११औं संस्करण हो।
१३ देखि १९ वर्ष उमेर समूहका नेपाली किशोरकिशोरीहरूले आवेदन दिन सक्ने छन्। आवेदन अनलाइनमार्फत दिइन सकिनेछ भने मनोनयनको सुविधा पनि उपलब्ध छ। आवेदनको अन्तिम म्याद जुलाई ३०, २०२५ तोकिएको छ।
देशभरका ६० भन्दा बढी शहरमा पुग्ने लक्ष्यसहित सञ्चालित कार्यक्रमले उत्कृष्ट ६ फाइनलिस्ट छनोट गर्नेछ। विजेतालाई निर्णायक मण्डलले अन्तिम चरणमा मूल्यांकन गर्नेछ, जसमा कोका–कोला नेपाल, ध्ध्ँ, युरोपेली संघ लगायतका विशिष्ट व्यक्तित्वहरू समावेश हुनेछन्।
ग्लोकल टीन हिरोले नेपालमै सुरु भई भारत, श्रीलंका र बंगलादेशसम्म विस्तार भएको छ। यसले किशोरकिशोरीलाई समुदायमा सकारात्मक प्रभाव पार्न उत्प्रेरणा दिँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्