Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लक्जरी ईभी एनइभीको बिक्रीमा १३ प्रतिशतले वृद्धि

लक्जरी ईभी एनइभीको बिक्रीमा १३ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । चिनियाँ विद्युतीय सवारी साधन निर्माता सेरेसले आफ्नो न्यु इनर्जी भेहिकल (एनइभी) बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

एनइभीले सन् २०२५ को अप्रिल महिनामा प्रतिस्पर्धी बजारमा पुनः मजबुत उपस्थिति जनाएको हो। कम्पनीले उक्त महिना ३१ हजार ४८८ युनिट एनइभी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो। पहिलो त्रैमासिकमा देखिएको कमजोर बिक्रीपछि अप्रिलमा यो सेरेसका लागि सकारात्मक संकेतको रूपमा आएको छ।

चोङकिङ लियाङजियाङ न्यु एरियामा मुख्यालय रहेको सेरेसले हुवावे सँगको सहकार्यमा चीनको लक्जरी ईभी बजारमा बलियो पकड बनाउँदै गएको छ। विशेष गरी, कम्पनीको प्रमुख मोडेल एम नाइनले चीनको लक्जरी भेहिकल बजारमा ११ महिना लगातार बिक्रीको अग्रस्थान कायम राखेको छ। ५० लाख युआन मूल्यको यो मोडेलले बिएमडब्लु, मर्सिडीज बेन्ज जस्ता ब्रान्डका प्रयोगकर्तालाई आकर्षित गरेको छ।

यसैबीच, मार्चमा सार्वजनिक वितरण गरिएको एम नाइन को २०२५ संस्करण र अप्रिलमा सार्वजनिक भएको एम एट मोडेलले बिक्रीमा पुनः वृद्धिको लहर ल्याएको देखिएको छ। जनवरीमा १२ हजार ४८३ युनिट रहेको बिक्री मार्चमा घटेर ५ हजार २३६ युनिटमा झरेको थियो भने अप्रिलमा पुनः १३ हजार १४९ युनिट पुगेको बिक्री तथ्यांकले देखाएको छ ।

एम एट मोडेलको सार्वजनिक मूल्य ३५ लाख ९८ हजारदेखि ४४ लाख ९८ हजार युआनसम्म तोकिएको छ। लिडार प्रविधि र हार्मोनी ओएस ककपिट जस्ता फिचरले सुसज्जित एम एट, एम नाइन भन्दा सस्तो दरमा उपलब्ध छ। यसले केही हप्तामै ७० हजारभन्दा बढी प्री–अर्डर संकलन गर्न सफल भएको छ, जसले बजारको उत्साह स्पष्ट देखाएको छ।

यद्यपि कम्पनीले एम एट को विस्तृत डेलिभरी विवरण हालसम्म सार्वजनिक गरिसकेको छैन। विश्लेषकहरूका अनुसार, उच्च प्री–अर्डरले बिक्रीको सम्भावना बलियो बनाएको भएतापनि वास्तविक वितरण प्रोडक्सन क्षमताको, स्टक म्यानेजमेन्ट र अर्डर रद्द हुने अवस्थाबाट प्रभावित हुनसक्ने आंकलन गरेका छन् ।

सन् २०२४ मा सेरेसले ४ लाख २६ हजार ८८५ युनिट एनइभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो। तर २०२५ को पहिलो चार महिनाको ट्रेन्डले सो स्तर कायम राख्नु चुनौतीपूर्ण देखिएको कम्पनीले जनाएको छ ।

चीनको सम्पूर्ण एनइभी बजारमा पनि अप्रिल महिनामा उल्लेखनीय सुधार देखिएको छ। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स का अनुसार अप्रिलमा चीनमा १२ लाख २६ हजार एनइभी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४४.२ प्रतिशत वृद्धि हो। सो अवधिमा चीनमा बिक्री भएका कुल सवारीमध्ये ४७.३ प्रतिशत एनइभी रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit