Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सर्वोच्चमा घिसिङको रिट दर्ता

सर्वोच्चमा घिसिङको रिट दर्ता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै निर्णय बदर गरी प्राधिकरणको प्रबन्ध निर्देशकमा पुर्नबहाली गर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । हिजो ५ बजे मात्रै कुलमानको रिट अदालत पुगेकाले बिहीबार दिउँसो रिट दर्ता भएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेकाअनुसार बुधबार पेस भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो । उक्त विवादमा आगामी शुक्रबार सुनुवाइ हुने जनाइएको छ ।

रिट निवेदनमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार वर्षको अवधि अगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु ।”

प्रधानमन्‍त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उर्जामन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण र हितेन्द्रदेव शाक्यविरूद्ध घिसिङको रिट दायर भएको हो।

चार महिना कार्यकाल बाँकी रहँदा गत सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit