Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल र स्कटल्यान्ड आज भिड्दै

नेपाल र स्कटल्यान्ड आज भिड्दै
विज्ञापन
Advertisement

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।

विज्ञापन
Advertisement
Advertisement

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलोपटक हो ।

त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी ट्वान्टी २० अन्तरराष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाइरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit