Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एसईई नतिजा असारको तेस्रो साता सार्वजनिक हुने शिक्षकको आन्दोलनले ढिलाइ

एसईई नतिजा असारको तेस्रो साता सार्वजनिक हुने शिक्षकको आन्दोलनले ढिलाइ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नियमित तालिका अनुसार एसईई नतिजा असारको पहिलो साता भित्रै आउने अनुमान गरिएको थियो। तर, उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएपछि नतिजा सारिएको बोर्डले जनाएको छ। गत २० चैतदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको आन्दोलनका कारण परीक्षण ढिला भएको हो।

“शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो। आउजाउमा दुई दिन लाग्यो। त्यसैले उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो,” परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईले भने, “अब नतिजा असारको तेस्रो साताभन्दा अगाडि सम्भव छैन।”

उनका अनुसार हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। केही केन्द्रहरूमा अझै परीक्षण भइरहेको छ,” डा। भट्टराईले जानकारी दिए, “सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरी त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं।”

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit