Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दुग्ध क्षेत्रमा औपचारिकता ल्याउने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

दुग्ध क्षेत्रमा औपचारिकता ल्याउने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement


कास्की ।राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना तथा सम्बन्धित निकायहरूको सहभागितामा कास्कीमा दुग्ध क्षेत्रमा औपचारिक र अनौपचारिक क्षेत्रबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य अनौपचारिक रुपमा सञ्चालनमा रहेका दुग्ध व्यवसायलाई औपचारिक प्रणालीमा समेट्ने रहेको बताइएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ र ज्ञानेन्द्र बजगाई, सचिव शिवहरी आचार्य, सदस्य नवराज तिमल्सिना, बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, डेरी उद्योग संघका प्रतिनिधि दशरथ सिलवाल, खाद्य तथा गुण नियन्त्रण विभागका दिनेश श्रेष्ठ तथा कृषि मन्त्रालयका प्रतिनिधिसहित सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो, जसमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी, र कास्की दुग्ध व्यवसायी संघका अध्यक्ष पुण्य प्रसाद पौडेल प्रमुख प्रस्तुतकर्ता थिए। कार्यपत्रहरूमा ५–७ जनाले टिप्पणी गरेका थिए।

खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि दिनेश श्रेष्ठले दूध तथा दुग्धजन्य पदार्थ सधैं स्वच्छ र गुणस्तरीय हुनुपर्नेमा जोड दिए। नेपाल डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष न्यौपानेले सम्पूर्ण दुग्ध कारोबार औपचारिक क्षेत्रभित्र ल्याउनुपर्ने आवश्यकता औंल्याए। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले किसानको परिश्रमको मूल्य समयमै भुक्तानी गर्न उद्योगीहरुलाई आह्वान गरे।

यसैगरी, डेरी उद्योग संघका प्रतिनिधि दशरथ सिलवालले अनौपचारिक क्षेत्रमा दूधको कारोबार भइरहँदा राज्यले ठूलो मात्रामा कर गुमाइरहेको टिप्पणी गरे। कार्यक्रमका सभापति डा. यादवले सबै सरोकारवालाबीच समन्वय र छलफल गर्दै अनौपचारिक क्षेत्रलाई औपचारिकतामा ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन राम आचार्यले गरेका थिए। कार्यक्रममा स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि दही, चिउरा, दूध र आइसक्रिमको स्वाद पनि सहभागीहरुलाई गराइएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit