Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक उडानका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए ।

उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit