Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
विज्ञापन
Advertisement

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ ।

हिमपातका कारण सामान्य प्रभाव परेको बताइएको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको बताइएको छ । रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाएका छन् । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit