images images images
images images images
images
images
images

सिमरा घटना : अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

images

रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले एमालेका दुई वडा अध्यक्षलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका– २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

images
images

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ । घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन्।

सिमरा बजार क्षेत्र पुनः तनावग्रस्त बनेपनि जिल्ला प्रशासनले त्यहाँ दिउँसो १ बजेदेखि राती ८ बजेसम्मलाई कर्फ्यु लगाएको छ ।

जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । कर्फ्यु लाग्नु पूर्व नै सिमरा बजारका अधिकांश पसल तथा व्यवसाय बन्द थिए लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । दिपेश पौडेल

images
images

प्रतिक्रिया दिनुहोस्