Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटीका भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरे । समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनलाइनखबरका अच्युत पुरीले १०४ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा उकालोका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका ममता थापाले १०८ मत प्राप्त गरिन् । समितिको सचिवमा हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित भए ।

समिति सदस्यमा सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मत, अर्जुन तामाङ (टुरिजम पाटी) १४१, कमल धिताल (बाह्रखरी)१८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ मतसहित निर्वाचित भए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरेका हुन् । उनले नवनिर्वाचत कार्यसमितिले आर्थिक क्षेत्रका मुद्दामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नु पर्नेमा जोड दिए ।

निर्वाचन समितिमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्य रहेको थियो । सेजनमा २६६ जना पत्रकार आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit