Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप झिक्दै

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप झिक्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप बजारबाट झिक्ने भएको छ । केन्द्रीय बैंकले ८४ दिनको लागि आइतबार बजारबाट २० अर्ब रुपैयाँ निकाल्न लागेको हो । उक्त रकम आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत बोलकबोल हुने केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने यसको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ चैत २९ गते दिइने बताइएको छ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ । आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।

पछिल्लो समय राष्ट्र बैंकले पुषदेखि बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्न लगातार जसो ऋणपत्र जारी गर्दै लामो अवधिका लागि रकम झिक्दै आएको थियो । तर, आज केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न झन्डै तीन महिना अवधिको निक्षेप झिक्न लागेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit