Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

निजी क्षेत्रको मनोबल बढाउन उद्योग मन्त्रालयको छलफल

निजी क्षेत्रको मनोबल बढाउन उद्योग मन्त्रालयको छलफल
विज्ञापन
Advertisement

काठमान्डौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

सचिवद्वयले आउदो चाड पर्वलाई मध्य नजर गर्दै आवश्यक खाद्यान्न लगायतका सामाग्रीहरु पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी गराए ।

उनीहरुले माग, आपूर्ती र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु संचित नगर्न, नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, विक्रेता लगायतलाई अनुरोध समेत गरे । साथै मन्त्रालयले आपूर्ति व्यवस्थामा ठुलो असर नपर्ने देखिएकोले वस्तुहरु अनावश्यक रुपमा संचित नगर्न सर्वसाधारण समेत आग्रह गरेको छ ।

परिस्थिति सामान्य वन्दै गएकोले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सूचारू गर्न समेत आह्वान गरेको छ ।

मन्त्रालयले आयात सहज गर्न कोरोल्ला नाका खुल्ला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामानहरु भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका समेत खुलाउन प्रयास भईरहेको जनाएको छ । साथै दक्षिणतर्फका नाकाहरू समेत सूचारू हुँदै गएको पनि जानकारी दिए ।

सो छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले उत्पादनमुलक उद्योग, होटेल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीहरूका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोडले निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसला सहित उठ्ने प्रयास गरिरहेको बताउनुभयो । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उहाँले सरकारले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit