Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

दशैंसम्म मितेरी पुल निर्माण हुने

दशैंसम्म मितेरी पुल निर्माण हुने
विज्ञापन
Advertisement

रसुवा । नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दशैंअघि निर्माण सम्पन्न हुने भएको छ । रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दशैंअघि नै पुल तयार हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो । उसले केही दिनअघि मात्र ल्हेन्दे खोलामा हिमपाइप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएको थियो ।

दिनहुँजसो हुने गरेको झरी–वर्षाका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढ्दा बिच्छ्याइएका हिमपाइपभन्दा माथिबाट पानी बग्न थालेपछि निर्माण सामग्री ढुवानीमा अवरोध सिर्जना भई काममा बाधा पुगेको फिल्ड सुपरभाइजरले स्पष्ट गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले दूरीका हिसाबले सङ्घीय राजधानीबाट सबैभन्दा नजिकको रसुवागढीस्थित मितेरी पुल निर्माण वर्षाका कारण प्रभावित भए पनि चिनियाँ पक्षको काम गराइको रफ्तारलाई हेर्दा दशैंअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit