Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

कालापानी लिपुलेक विवादबारे प्रधानमन्त्रीले भने– हामीसँग प्रमाण छ, भारतसँग वार्ता गरेर मिलाउँछौं

कालापानी लिपुलेक विवादबारे प्रधानमन्त्रीले भने– हामीसँग प्रमाण छ, भारतसँग वार्ता गरेर मिलाउँछौं
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले लिपुलेक कालापानी सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको उल्लेख गर्दै भारतसँग वार्ताबाटै समस्या समाधान गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यसअघि संसदमा बोल्दा भएको टिप्पणीबारे प्रष्टिकरण समेत दिए । उनले ब्रिटिस शासनकालका ऐतिहासिक दस्तावेजहरू अध्ययन गरेर प्रमाण प्रस्तुत गर्ने कुरा आफूहरूले भनेको बताउँदै ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेको भन्ने गलत आरोप रहेको बताए।

उनले भने,‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन। सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरुले पनि आपत्ति जनाउनुहुन्छ । उहाँले आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । हामीसँग त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ। त्यो प्रमाण लिनको लागि पहिले ब्रिटिशको पालाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं। छिमेकीसँग कुरा गरेर मिलाउँछौं । मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्नु नै मुख्य आधार हुने बताए। उनले भने, ‘राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूह बनाएर मात्र हुँदैन ।’

उनले यो चुनावमा गरेको बाचाहरु यही ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जाने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit