Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

अर्थमन्त्री खनाल र मुद्रा कोषका नेपाल मिशन प्रमुखबीच भर्चुअल बैठक :आर्थिक सुधार कार्यक्रमलाई थप तीव्रता दिने

अर्थमन्त्री खनाल र मुद्रा कोषका नेपाल मिशन प्रमुखबीच भर्चुअल बैठक :आर्थिक सुधार कार्यक्रमलाई थप तीव्रता दिने
विज्ञापन
Advertisement

काठमाडौं ।अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष का नेपाल मिशन प्रमुखसँग आज भर्चुअल बैठक सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा मिशन प्रमुखले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा आर्थिक सुधार कार्यक्रमहरूको निरन्तरताबारे अर्थमन्त्रीसँग छलफल गरेका थिए।

छलफलमा अर्थमन्त्री खनालले विशेष परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। उनले हालै जेन्जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनमार्फत सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने मागलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधार कार्यक्रमलाई थप तीव्रता दिने जानकारी गराए। साथै, आईएमएफको सहयोगमा सञ्चालन भइरहेको विस्तारित ऋण सुविधा कार्यक्रमको कार्यान्वयन अवस्था समीक्षा गरी यसको छैटौं प्रतिवेदन छिट्टै कोषको बोर्डमा पेश गर्ने विषयमा पनि छलफल भयो।

मिशन प्रमुखले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न आईएमएफ तत्पर रहेको बताए। बैठकमा नेपालस्थित आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ता समेत सहभागी थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit