Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच भेटवार्ता, पुनर्निर्माण योजनामा सहयोगको प्रतिवद्धता

अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच भेटवार्ता, पुनर्निर्माण योजनामा सहयोगको प्रतिवद्धता
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

भेटवार्तामा नेपालका हालका परिवर्तित राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल गर्दै अर्थमन्त्री खनालले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको प्रमुख कार्य निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु र पुनर्निर्माण योजना तथा सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च राख्नु रहेको बताए।

यस अवसरमा अमेरिकी राजदूतले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै कठिन परिस्थितिमा अमेरिकन सरकार नेपालसँगै रहेको उल्लेख गरे। उनले अमेरिकी सहयोगमा सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न नेपाल सरकारको निरन्तर प्रतिवद्धता आवश्यक रहेको धारणा राखे।

अर्थमन्त्री खनालले ती परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सरकार पूर्णतः तत्पर रहेको विश्वास दिलाए। साथै, उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट हुँदै आएको निरन्तर सहयोगप्रति उच्च सराहना गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने आशा व्यक्त गरे।

भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी दूतावासका अधिकारीहरूको समेत उपस्थिती रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit