Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

तीन दलले निर्वाचन प्रणाली फेर्नै दिँदैनन्, ‘जेनजी’ले दबाब सिर्जना गरेर चुनाव अघि नै प्रणालीमा सुधार गर्नुपर्छ : भट्टराई

तीन दलले निर्वाचन प्रणाली फेर्नै दिँदैनन्, ‘जेनजी’ले दबाब सिर्जना गरेर चुनाव अघि नै प्रणालीमा सुधार गर्नुपर्छ : भट्टराई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद छाडेका नेता डा. बाबुराम भट्टराईले आउँदो फागुन २१ गतेको निर्वाचनअघि नै निर्वाचन प्रणाली परिवर्तन गर्न सरकारसँग वार्ताका लागि ‘जेनजी’लाई सुझाव दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नभएसम्म देशमा स्थिरता नहुने उल्लेख गर्दै मध्यावधि चुनाव पूर्व नै निर्वाचन प्रणाली फेर्न दबाद दिनुपर्नेमा उनले जोड दिए ।

नेता भट्टराईले भने, ‘अबको निर्वाचन पुरानै प्रणालीअन्तर्गत गरियो भने फेरि पुरानै शक्ति आउने खतरा रहन्छ । त्यसैले जेनजी पुस्ताले दबाब सिर्जना गरेर प्रणाली सुधार गर्नुपर्छ।’ देशमा त्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् नहुँदासम्म स्थिरता नआउने उनको भनाइ छ ।

‘मैले त संविधानसभाको बेलादेखि नै आधा गिलास भरि, आधा खाली भन्दै आएको छु । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् नभएसम्म देशमा स्थिरता हुँदैन’ भट्टराईले भने ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हालकै प्रणालीमा जित्ने अवस्था नभएसम्म निर्वाचन नै हुन नदिने जिकिर गर्दै यदी निर्वाचन गराउने भए उनिहरुले प्रणाली फेर्न नदिने बताए । उनले भने, ‘सकेसम्म उनीहरूले नजित्ने बेलासम्म गर्दै गर्दैनन् । गरे यही प्रणालीबाट गर्छन् ।’

उनले यी तीन दल सुध्रने सम्भावना नै नरहेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने उल्लेख गर्दै आफूले त्यसलाई स्वीकारेको बताए । ‘मैले किन पद त्याग गरें भने नैतिक हिसावले पनि नव युवकहरुले ढोका ढकढकाइसके र नातीनातिना पुस्ता अगाडि आइसके । उनीहरुलाई प्रोत्साहन दिनुपर्छ । उनीहरुले नेतृत्व गर्नुपर्छ भनेर बाटो क्लियर गरेको हुँ ।’

यस्तै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वका रुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने तथा पूराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने धारणा राखे । उनले भने, ‘नयाँ पुस्तालाई प्रोत्साहत गर्न पूराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ । एउटा भनाई छ स्थापित भएपछि की सच्चिनुपर्छ की सकिनुपर्छ भन्ने छ । त्यसकारण हाम्रो वैकल्पिक राजनीतिक अभियन्ताहरुले पनि आफ्ना समुहहरु, पार्टीहरु छन् त्यहाँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ ।’

उनले जेनजी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकरात्मक पक्ष रहेको भट्टराईको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit