काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फुड फर लाइफ नेपालद्वारा सञ्चालन हुन लागेको ‘मिड–डे मील’ (दिवा भोजन) कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
आयोजक संस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढी स्थित सरकारी विद्यालयमा अध्ययनरत पाँच हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने जनाएको छ।विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउन तथा शिक्षामा निरन्तरता कायम गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्