Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

१०५.४ मेगावाट बिजुली उत्पादन बन्द, बाढी पहिरोले ९३.६ मेगावाट क्षमताको पाँच आयोजनाको उत्पादनमा ढिलाई

१०५.४ मेगावाट बिजुली उत्पादन बन्द, बाढी पहिरोले ९३.६ मेगावाट क्षमताको पाँच आयोजनाको उत्पादनमा ढिलाई
अपर राहुघाटको विद्युत गृह म्याग्दी, १९ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा निर्माण भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह । तुँदी पावर कम्पनी लिमिटेडले निर्माण गरेको यस आयोजनाले व्यावसायिक उत्पादनको तयारी गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस
विज्ञापन
Advertisement

काठमाडौं। बाढीका कारण २ सय मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको छ । शुक्रबारदेखि भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण २०२.९६ मेगावाट क्षमताका १८ वटा हाइड्रोपावर कम्पनीहरूमा क्षति पुर्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले १३ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याउँदा १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । बाढी, पहिरो र डुवानका कारण इन्टेक, पावर हाउस, सवस्टेशन, कल्भर्ट, हेडवक्र्स, एरियल गेट, प्रोटेक्सन वाल, टेलरेस, प्रशारण लाइन, डिसेन्डरलगायतका क्षति पुरयाएकाले १३ वटा जलविद्युत आयोजनाको बिजुली उत्पादन बन्द भएको हो ।

यसैगरी, ९३ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन हाइड्रोमा क्षति पुगेको छ । यस्तै, ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रो, ८ मेगावाटको हिमाल दोलखा हाइड्रो, २२ मेगावाट क्षमताको सानिमा माइ हाइड्रो, ७ मेगावाटको सानिमा माइ, ७.८ मेगावाटको सुपरमाइ हाइड्रो उत्पादन बन्द भएको छ । यसैगरी, ९.६ मेगावाटको सगरमाथा जलविद्युत कम्पनी, ३ मेगावाटको माइखोला हाइड्रो, ७.६ मेगावाटको सानभी इनर्जी, ५.२ मेगावाटको सानभी इनर्जी, ६.२ मेगावाटको एसिएन हाइड्रोपावर, ९.५ मेगावाटको सामलिङ पावर, ९.९ मेगावाटको पञ्चकन्या माइ हाइड्रो, ५.१ मेगावाटको माइ भ्याली हाइड्रोमा बाढी पहिरोले क्षति पुर्याउँदा कूल १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको इप्पानले जनाएको छ।

सुपरमाइ हाइड्रोको हेडबक्र्स, एरियल गेटमा, सगरमाथा जलविद्युतको प्रोटेक्सन वाल, टेलरेस र प्रसारणलाइनमा, माइखोला हाइड्रोको पावर हाउस र प्रसारण लाइन, ७.६ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स, पावर हाउसमा र ५.२ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स र डिसेन्डरमा क्षति पुगेको उल्लेख छ ।

साथै, निर्माणाधीन अवस्थामा रहेको २१.५ मेगावाटको अर्बिट इनर्जीको पहुँचमार्ग, निर्माण सामाग्री बाढीले बगाएको छ । ९.९ मेगावाटको ह्याबिटाट पावरको हेडबक्र्स र पहुँचमार्गमा क्षति पुर्याउँदा विद्युत उत्पादन पछि धकेलिने भएको छ ।

३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रो र १५.१५ मेगावाटको इन्टिक्रेटेड हाइड्रो फण्डको एक्सेस रोड र निर्माण सामाग्रीमा क्षति पुर्याएको, १० मेगावाटको सिद्धि हाइड्रोपावरको हडे वक्सट, पावर हाउस, क्याम्प, अलाइगमेन्ट र रोडमा क्षति हुँदा १० दिनमा हुने सिओडी अनिश्चित बनेको इप्पानले जनाएको छ ।​​​​​​​ प्राकृतिक विपद्बाट उल्लेखित निजी कम्पनीहरुमा भएको क्षतिको आर्थिक विवरण भने आकलन भएको छैन । यद्यपी उर्जा र सिँचाइतर्फ १० करोडको क्षति पुगेको उर्जा मन्त्रालयले जनाएको छ ।फाइल तस्बिर

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit