Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बीपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

बीपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
विज्ञापन
Advertisement

रामेछाप । अविरल वर्षापछिको बाढी, पहिरो र नदी कटानका कारण बीपी राजमार्गमा यातायात पूर्ण अवरुद्ध भएपछि रामेछापमा सरोकारवालाले नियमित हवाइसेवा सञ्चालन गर्न मागगरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालन भएमा रामेछापवासी तथा यात्रुहरूलाई काठमाडौं आउजाउमा सहज हुने निष्कर्ष निकालेको छ । अहिले राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं जानका लागि दोलखाको चरिकोट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता बनेको छ । बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

त्यसैगरी, जिल्लाभर लगातार वर्षा भइरहेकाले सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक टाढाको यात्रामा ननिस्कन आग्रह गरिएको छ । विपद् जोखिम बढ्दै गएपछि सडक डिभिजन कार्यालय, स्थानीय तह र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिफर र ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि निर्णय गरिएको छ ।

साथै, वपद्जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संघ–संस्था र सञ्चार माध्यमहरूलाई उद्धार, राहत र पुनःस्थापना कार्यमा सक्रिय रहन आह्वान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit