images
images
images

अनुदान, तालिम र प्राविधिक सहयोग पाएपछि व्यावसायिक तरकारी खेतीमा भोजपुरका किसान

images
images
images

भोजपुर । वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।

images

“चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान, तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदै उनले भने।

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएकोमा उनले जोड दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्