Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

ट्रायल सेन्टर छनोट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

ट्रायल सेन्टर छनोट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग
विज्ञापन
Advertisement

काठमाडौं । मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनोट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तगर्त काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेको आरोप समेत लगाएको छ । ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति, नियम र कानुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताए । बुढाथोकीले बिना प्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल सेन्टरलाई टेण्डर दिने नियतले आह्वान भएको टेण्डर रद्द गर्नुपर्ने बताए ।

यस्तै, काठमाडौं ड्राइभिङ्ग स्कूल संघका अध्यक्ष रमेश खत्रीले ‘सुमन ग्रुप अफ ट्रायल सेन्टरलाई’ टेन्डर पार्ने गरि नियम विपरित सूचना निकालेको आरोप लगाए । सुमन ग्रुपले आफ्नै ट्रायल सेन्टरले टेण्डर पाउने निश्चित भएको हल्ला गरेको बताउँदै खत्रीले भने, ‘२०८१ मंसिर १९ गते पनि सुमन गु्रपलाई नै पार्ने गरी सेटिङ गरिएको देखिन्छ, अहिले ०८२ असोज १० गतेको सूचना पनि सोही अनुसार निकालिनु आर्थिक चलखेल प्रष्ट छ ।’

यसरी कोही कसैले थाहै नपाउने गरी सार्वजनिक चासोको विषयमा गुपचुप गरी टेण्डर अगाडी बढाइएकाले त्यसलाई रद्द गर्नुपर्ने खत्रिको माग छ । खत्रीले एकातिर देशैभरी सवारीचालक अनुमति पत्रलगायतका यातायतसम्बन्धी सरकारी सेवा बन्द भइरहँदा काभ्रे यातायात व्यवस्था कार्यालयले सूचना निकाल्नु बदनियतपूर्ण भएको टिप्पणी गरे ।

ड्राइभिङ्ग स्कूल संघले गरेको सो पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधी कृष्णमोहन सहनीले संघले यातायात व्यवस्था कार्यालयमाथि प्रश्न उठइसकेपछि टेण्डर प्रक्रिया रद्द गरी तत्काल छानबिन गरिनुपर्ने धारणा राखे । सहनीले जेनजीको मूल माग नै भ्रष्टाचार मुक्त गर्ने अभियान रहेको हुँदा आफूहरुको पनि सो विषयमा ध्यानाकर्षण भएको बताउँदै भने,‘यसको छानविन गरी दोषिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

ड्राइभिङ्ग संघ काठमाडौं जिल्ला सचिव सरोज बोहोराले पनि अपारदर्शी ढंगबाट बढाइएको टेण्डर प्रक्रिया रद्द गर्न माग गरे । बोहोराले अघिल्लो वर्ष खोलिएको टेण्डर सुमन गु्रपले नपाएपछि यस वर्ष पनि उसैलाई दिन आन्तरिक रुपमा मिलेमतो भएको आशंका गर्दै भने, ‘दसैँ, तिहारको मौका पारेर १५ दिने सूचना, त्यो पनि कहीँकतै सार्वजनिक नगर्नु, अघिल्लो वर्ष र यस वर्षका टेण्डर आह्वानका सर्तहरु फेरबदल गरिनुलगायतका विषयले प्रष्ट देखिन्छ कि मिलेमतोमा चलखेल गरी भ्रष्टाचर भएको छ ।’

यस्तै, ड्राइभिङ्ग संघ भक्तपुरका अध्यक्ष राम भाई बानिया र ड्राइभिङ्ग संघ काभ्रेपलाञ्चोक जिल्लाका उपाध्यक्ष रुपेश काफ्लेले सो टेण्डर तत्काल रद्द नगरिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit