Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘सरकार सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन’

‘सरकार सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन’
विज्ञापन
Advertisement

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेता कोइरालाले विरोध गर्दै वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुँने बताएका हुन् । उनले भने, ‘सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैन।’

उनले सरकारमाथि कुशासनको आरोप लागिरहेका बेला सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति राज्य अनुदार हुन नहुने धारणा राखेका छन् ।

‘अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन’, नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit