Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिन्द्रा केयरफेस्टका विजेता पन्तले पाए ‘बिगस सि–१२’ इलेक्ट्रिक स्कुटर

महिन्द्रा केयरफेस्टका विजेता पन्तले पाए ‘बिगस सि–१२’ इलेक्ट्रिक स्कुटर
विज्ञापन
Advertisement

काठमाडौं । महेन्द्रनगरका हरि पन्त ‘महिन्द्रा केयरफेस्ट– २०८२’ को विजेता बनेका छन् । महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रा.लि.ले वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ को पन्तलाई विजेता घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा गोलाप्रथामार्फत नाम छनोट गर्दा पन्त विजेता बनेका हुन् । विजेता पन्तले बम्पर उपहारस्वरूप ‘बिगस सि–१२’ इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।

कम्पनीले गत माघ ९ देखि १४ गतेसम्म महिन्द्रका देशैभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा केयरफेस्ट सञ्चालन गरेको थियो । सोही फेस्टमा सेवा लिने हजारौँ ग्राहकहरूमध्येबाट पन्त भाग्यशाली विजेता छानिएका छन् ।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले विजेतालाई बधाई दिँदै आगामी दिनमा ग्राहकलाई उत्कृष्ट सेवा र आकर्षक सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अर्को वर्ष पुरस्कारको आकार बढाउने योजनामा पनि छौं, महिन्द्रा यो विश्वास कायम रही रहन्छ भन्ने पनि अपेक्षा गरेका छौं ।’ कम्पनीको सर्भिस क्याम्पमा चार हजार ६९ जना बढीले सहभागिता जनाएको बताउँदै कम्पनीले विजेताले ३५ दिनभित्र सम्पर्क गरिसक्नुपर्ने पनि बताएको छ।

बालाजु अटो वर्कस्, ‘केयरफेस्ट २०८२’ जस्ता सर्भिस क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit