Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दैजी–जोगबुढा सडक : पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै 

दैजी–जोगबुढा सडक : पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै 
विज्ञापन
Advertisement
महेन्द्रनगर ।  कञ्चनपुर बेदकोट नगरपालिकाको दैजीबाट जोगबुढा हुँदै डडेल्धुरा पुग्ने सडकको ट्रयाक पञ्चायतकालमा खोलिएको भए पनि सडक कालोपत्रको काम अझै सकिएको छैन ।
तराईको जिल्ला कञ्चनपुरबाट भित्री मधेस डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने छोटो बाटोको रूपमा रहेको दैजी–जोगबुढा सडक निर्माणले प्राथमिकता नपाउँदा समस्या भएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निर्माणका लागि नौ वर्षअघि ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसित रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णताः पाउन सकेको छैन । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले सडक निर्माणका लागि पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको भए पनि उक्त समयमा समेत सडक निर्माण हुन नसकेको जनाएको छ । गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा रु एक करोड बजेटसमेत फ्रिज भएको थियो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले सडक निर्माणको काम सुस्त रहेको स्वीकार गरे। ‘चालु आवमा रु ५० लाख बजेट आएको छ, अहिले बाटो मर्मत कार्य भइरहेको छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘काम भयो भने बजेट रकमान्तर गरेर पनि भुक्तानी गर्न सकिन्छ ।’ सडकको हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ ।
सात किलोमिटर सडक निर्माणको काम बाँकी नै छ । कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने भए पनि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
 ‘पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन’, वेदकोट नगरपालिकाका स्थानीय केशव बोहराले भने, ‘यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौं)’, हिउँदमा धुलाम्य हुन्छ बर्सातमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’
उहाँले जोगबुढासम्मको ३१ किलोमिटर  सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो गरे । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा लिइन्छ । तर कच्ची ट्रयाकमा यो खण्डमा बर्सेनि सडक दुर्घटनामा परी स्थानीयले ज्यान गुमाउँदै आएका छन् ।
त्यसैगरी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले ट्रयाक खुलेको लामो समयदेखि दैजी–जोगबुढा सडक बन्न नसकेको बताए । ‘पञ्चायतको अन्ततिर २०४६ सालतिर ट्रयाक खुलेको हो’, नगरप्रमुख बोहराले भने, “तर सडक निर्माणकै अवस्थामा छ ।’ उनले केही वर्षअघि सडक गायतका अन्य संरचना पहिरोले भत्किएको बताए ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit