Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण
विज्ञापन
Advertisement

भोजपु । भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र कीराको सङ्क्रमण बढेपछि वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वडाले यसअघि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाले गरेको छ ।

विगतमा खेती गरिरहेको आलुमा रोगको सङ्क्रमण बढेको अवस्थामा उन्नत जातको बीउ पाउँदा खुसी लागेको स्थानीय किसान गणेशकुमार विकले बताए ।
आलु भण्डारणका क्रममा कीरा पर्ने समस्या रहेकाले नयाँ बीउ लगाएपछि त्यो रोगबाटमुक्त हुने आशा रहेको उनले बताए ।

हाम्रो गाउँमा हरेक घरमा आलु खेती हुन्छ”, उनले भने, “तर रोगले गर्दा उत्पादन घटेको थियो । नयाँ बीउ लगाउँदा उत्पादन राम्रो हुने र कीरा कम हुने आशा गरेका छौँ ।” बोखिम क्षेत्रमा अधिकांश किसान आलु, मकै र तरकारी खेतीमा निर्भर छन् । यहाँको उचाइका कारण आलु खेती उपयुक्त भए पनि गुणस्तरीय बीउ र कीरा नियन्त्रणको ज्ञान अभावमा किसानले समस्या भोग्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit