Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल
विज्ञापन
Advertisement

काठमाडौं । व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा.सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ।

यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।

जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेखेका छन्,“हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्दछु ।”

यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो । सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित हुनुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिङ्कद्वारा सम्बोधन गरेका थिए ।

गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए ।

गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गरेका थिए, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit