images images images
images images images
images
images
images

किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त

images

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।

images
images

गत शुक्रबार मीना राईको सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको मृतकको आफन्तहरुको आरोप छ । अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए । भीडलाई मध्यनजर गर्दै अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्