Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको भाउ २९ सय रुपैयाँले गिरावट, मंगलबार एक तोलाको मूल्य कति ?

सुनको भाउ २९ सय रुपैयाँले गिरावट, मंगलबार एक तोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार आजका लागि सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन सोही परिमाणको सुन २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २९ सय २० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि मूल्य घट्दै गएको छ । तिहारपछि कारोबार भएको बजारमा सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँले गिरावट देखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit