Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपाले स्वास्थ्य समितिको सभापतिमा अघि सारेकी शेरचन को हुन् ?

रास्वपाले स्वास्थ्य समितिको सभापतिमा अघि सारेकी शेरचन को हुन् ?
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बसेको संसदीय दलको बैठकले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको हो ।

को हुन् ओजस्वी शेरचन ?
डा. ओजस्वी शेरचन एक बायोकेमेस्ट्री प्राध्यापक र चिकित्सा अनुसन्धानकर्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद हुन्। शेरचन नेपाल मेडिकल कलेजमा एशोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन् र करिब एक दशक चिकित्सा क्षेत्रको अनुभव बटुलेकी छिन्। उनी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपाबाट समानुपातिक सांसदका रूपमा संसदीय राजनीतिमा प्रवेश गरेकी हुन्।

उनको परिवार नै चिकित्सा क्षेत्रमा जोडिएको छ । शेरचनका वुवा बायोकेमेस्ट्रीका प्राध्यापक हुन् भने आमा त्रिभुवन शिक्षण अस्पतालमा पब्लिक हेल्थमा काम गर्थिन् । उनका श्रीमान् पनि चिकित्सक हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit