Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

६ वर्षपछिको ट्रम्प–सी भेटपछि दुईदेशबीचको तनावपूर्ण आर्थिक तथा व्यापारिक सम्बन्धमा होला सुधार ?

६ वर्षपछिको ट्रम्प–सी भेटपछि दुईदेशबीचको तनावपूर्ण आर्थिक तथा व्यापारिक सम्बन्धमा होला सुधार ?
विज्ञापन
Advertisement

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा झन्डै दुई घण्टा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।

सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव अन्त्य गर्न सम्भावित सहमतिको सङ्केत देखिएको छ । दुर्लभ खनिज पदार्थदेखि लिएर सोयाबिन र बन्दरगाह शुल्कसम्मका विषयमा चलेको व्यापारिक द्वन्द्वले विगत केही वर्षयता विश्व बजारमा ठूलो अस्थिरता ल्याएको र आपूर्ति श्रृङ्खलामा अवरोध उत्पन्न गरेको थियो ।

भेटवार्तामा राष्ट्रपति सी जिनपिङले दुई देशबीच ‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सकारात्मक अन्तरक्रिया हुन आवश्यक’ रहेको बताएका छन् । उनले दुवै पक्षका वार्ता टोलीहरूले ‘महत्त्वपूर्ण आर्थिक र व्यापारिक मुद्दाहरूमा गहिरो विचार–विमर्श गरी तिनको समाधानका लागि सहमति प्राप्त गरेको’ उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

यद्यपि, प्राप्त सहमतिका विशिष्ट विवरणहरू सार्वजनिक गरिएको छैन । राष्ट्रपति सीले भने, “दुवै पक्षका टोलीहरूले सकेसम्म चाँडो अनुगमन कार्यलाई परिष्कृत गरी अन्तिम रूप दिनुपर्छ । सहमतिलाई स्थायी र कार्यान्वयन योग्य बनाउँदै चीन, संयुक्त राज्य अमेरिका तथा विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने ठोस नतिजा प्रस्तुत गर्नुपर्छ ।”

राष्ट्रपति ट्रम्पसँगको यो भेटले अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ पाना पल्टाउने आशा गरिएको छ। यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा पनि पर्ने विश्वास गरिएको छ । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit