Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रम्पको निर्वासन अभियानले सयौं आप्रवासी पक्राउ, किम जोङ उनलाइ ‘स्मार्ट मान्छे’ को संज्ञा

ट्रम्पको निर्वासन अभियानले सयौं आप्रवासी पक्राउ, किम जोङ उनलाइ ‘स्मार्ट मान्छे’ को संज्ञा
Republican presidential nominee former President Donald Trump waves to the crowd after speaking at a campaign rally at Van Andel Arena, Tuesday, Nov. 5, 2024, in Grand Rapids, Mich. (AP Photo/Carlos Osorio)
विज्ञापन
Advertisement

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।

’इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।

ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गरेका थिए ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो हप्ताको दोस्रो दिन ट्रम्पले भारी आयात करको साथ प्रहार गर्ने आफ्नो निर्वाचन अभियानमा बारम्बारको प्रतिज्ञाका बावजुत फक्स न्यूजसँगको अन्तवार्तामा भने, “अमेरिकाको सबैभन्दा ठूलो आर्थिक प्रतिद्वन्द्वी (चीन) लाई भारी आयात करको साथ प्रहार गर्ने आफ्नो बारम्बार प्रतिज्ञाका बावजुत चीनमाथि तत्काल कर वृद्धि हुनेछैन ।”

उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफूले यसअघि तीन पटक भेटेको र उहाँलाई ‘स्मार्ट मान्छे’ को संज्ञा दिएका थिए ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो र आप्रबासीलार्ई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने वाचा गर्दै त्यस क्षेत्रमा थप सेना तैनाथ गर्ने घोषणा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा अनुमानित एक करोड १० लाख गैरकानुनी आप्रवासी छन् ।

बिहीबार न्यूजर्सीको नेवार्क शहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “अध्यागमन र भन्सार प्रवर्तन ९आईसीई० का एजेन्टहरूले “एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिना कागजात वा अवैध कागजातबाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ।”

बाराकाका अनुसार छापामार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए । आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ ।

आइसिईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानून अनुसार निर्र्वासित गर्न सकिने गैर–नागरिकहरूलाई हिरासतमा राख्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit