images images images
images images images
images
images
images

गोल्छा ग्रुप र क्यानबीच सहकार्य, एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई पल्सर बाइक पुरस्कार

images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रूपमा जोडिएको छ।

गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) गोल्छा ग्रुपको पल्सर बाइकलाई टु ह्विलर पार्टनर बनाउन सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो। सम्झौतापत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन्।

images
images

सम्झौता अनुसार गोल्छा ग्रुपले एनपीएलको दोस्रो संस्करणका लागि तीन वटा मोटरसाइकल प्रदान गर्नेछ। ती बाइक सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदयीमान (ईमर्जिङ प्येयर) लाई प्रदान गरिने छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एनपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै भने, ‘पल्सर सदैव खेलकुद र युवा ऊर्जासँग जोडिएको ब्रान्ड हो। एनपीएलमार्फत नेपाली क्रिकेटलाई अझ ऊर्जा र प्रेरणा मिल्ने विश्वास लिएका छौं ।’

क्यानका सचिव पारस खड्काले पल्सरसँगको साझेदारीलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको उल्लेख गर्दै सहकार्यले खेलाडीको हौसला बढाउने बताए । उनले घरेलु क्रिकेटलाई थप सुदृढ बनाउन यस्ता सहकार्यले मद्दत पुर्याउने धारणा राख्दै दोस्रो संस्करणको एनपीएलको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘ हामी केही दिनभित्रै एनपीएलबारे पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौं।’ नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुने तय छ।

images
images

प्रतिक्रिया दिनुहोस्