कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाख ३८ हजार ३४० रुपैयाँको लागतमा निर्माणाधीन छ। हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।
पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी राखेको इन्जिनियर चन्दले जानकारी दिए । ‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने। उक्त पुलको आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखेको उनले बताए । रासस







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्