Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाईफ इन्स्योरेन्सद्वारा ‘सफलताको शुरुवात’ कार्यक्रम सञ्चालन, अभिकर्ताहरुलाई सेल्स स्किल तालिम प्रदान

नेशनल लाईफ इन्स्योरेन्सद्वारा ‘सफलताको शुरुवात’ कार्यक्रम सञ्चालन, अभिकर्ताहरुलाई सेल्स स्किल तालिम प्रदान
विज्ञापन
Advertisement

पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरुका लागि ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि पोखरा स्थित एक होटलमा मासिक योजना अन्तर्गत ‘सफलताको शुरुवात’ कार्यक्रम लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई लक्षित गर्दै आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा महानायक राजेश हमालले अभिकर्ताहरुमाझ उत्प्रेरणादायक अनुभव साझा गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल करिब ३०० जना बरिष्ठ अभिकर्ताहरु सहभागि थिए । १ रात २ दिनको उक्त कार्यक्रमको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई सम्बोधन गर्दै सीईओ खत्रीले कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेको बताए ।

उनले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु कम्पनीले प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार महानायक राजेश हमालसँग साक्षात्कार गराई हमालको अनुभवबाट अभिकर्ताहरुलाई प्रेरणा जागृत गरान हेतु भदौ महिनामा सफलताको शुरुवात कार्यक्रम योजना प्रस्तुत गरिएको प्रस्ट पारे । यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरीबाट करिब ३०० जना अभिकर्ताहरु छनोट हुनले पुष्टि गरेको खत्रीको भनाइ छ ।

देशैभरीबाट कार्यक्रममा छानिएर सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी सो कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम समेत प्रदान गरेको कम्पनीले जनाएको छ ।कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आइपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको उल्लेख गर्दै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिई आफूले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सक्नुपर्नेमा जोड दिए ।

मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न उक्त कार्यक्रममा सहभागि अभिकर्ताहरुले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट आफूहरुको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको कम्पनीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit