Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

कतिपय विषयमा के गर्दैछौँ भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

कतिपय विषयमा के गर्दैछौँ भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वर्तमान सरकार दृढताका साथ निर्वाचन सम्पन्न गराउन अघि बढेको उल्लेख गर्दै उनले देशमा सुशासन कायम गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका हुन् ।

गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत काम गर्नुको विकल्प वर्तमान सरकारसँग नभएको बताएका छन् । उनले भनेका छन्, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन। कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।’

गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै उनले हाल मन्त्रालयले के –के काम गरिरहेको छ भनेर बताउन नमिल्ने उल्लेख गरेका छन् । ‘कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍ यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ’ अर्यालले भनेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit