Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

नेपाल–भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य

नेपाल–भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
विज्ञापन
Advertisement

रौतहट । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११) मा दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार कात्तिक २५ गते ६ः०० बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने छ ।

नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द भएको उनले बताए । तर अहिले नेपाल –भारतका नागरिकहरुले परिचय खुल्ने आधार (परिचयपत्र) देखाएपछि पैदल आवागमनमा रोक नलगाएको गौरका स्थानीय अमित केशरीले बताए ।

गौरमा रहेका भारतीय नागरिकहरुलाई सीमा क्षेत्र भएर आफ्नो मताधिकारको प्रयोग गर्नका लागि आधार कार्ड देखाएपछि भारततर्फ जान दिइएको छ । त्यसैगरी नेपालीहरु भारतबाट स्वदेश फर्किन नागरिकता देखाएपछि सीमा क्षेत्रमा खटिएका एसएसबीले सहज रुपमा आउन दिएको उनले बताए ।
सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit