Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि महँगियो

एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि महँगियो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ । हिजोको तुलनामा सुन एकैदिन प्रतितोला ६ हजार दुई सय रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन तोलामा दुई लाख ७७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, बुधबार चार हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको एक तोला चाँदीको मोल बिहीबार ४ हजार ४५० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit