Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

च्याङ्ग्रापालनमा गरेको एक हजार लगानीले पूर्णबहादुरलाई वार्षिक पाँच लाख आम्दानी

च्याङ्ग्रापालनमा गरेको एक हजार लगानीले पूर्णबहादुरलाई वार्षिक पाँच लाख आम्दानी
विज्ञापन
Advertisement

मुस्ताङ । हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३०० रुपैयाँ पछ। यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए । घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित गर्यो र अनुदान सुनिश्चित गर्यो ।

पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीनरतीनवटा च्याङ्ग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले एक हजार रुपैयाँ तिरेँ। बाँकी रकम उपआयोजनाले अनुदान सहयोग गरेको हो । सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे। तर, सामूहिक रुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो। कतिपय च्याङ्ग्राहरु हराउने र मर्न थाले । एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा परेको थियो ।

पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पुर्याए । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रालाई उनले अहिले लोभलाग्दो बनाउन सफल भएका छन् । उनको फार्ममा हाल १३० बढी च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा च्याङ्ग्रा ४० हजार मूल्यमा बिक्री गरेको जानकराी दिए । उनले भने, ‘पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।’

उनले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राखेका छन् । उनीसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् । च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउँछन् । पूर्णबहादरले भने, ‘मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।’

औसतमा वार्षिक पाँच लाख रुपैयाँ बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने उनले बताए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit